अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियम) राइडर मेनिया २०२७ को आयोजक नेपाल हुने भएको छ । फोरे नेपाल अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा पहिले पनि सो इभेन्ट भएकोमा २०२७ को आयोजक पनि फोरे नेपाल हुने भएको हो ।

भारतको प्रतिष्ठित राइडिङ इभेन्ट मानिने बबएमसी राइडर मेनिया यो भन्दा पहिले पनि सन् २०२० मा पोखराको पामेमा भएको थियो । अब दोस्रो पटक फेरि नेपालमै हुन लागेको हो । आफूहरुले यसका लागि हालै स्वीकृति पाएको र नेपाल फर्किरहेको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर (डायमन्ड) ले बताए । यसका लागि नयाँ थिम ‘चलो नेपाल दोबारा’ समेत तय गरिएको छ ।

विश्वको प्रतिष्ठित इभेन्ट भएको र यसमा करिव २ हजार भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागी हुने मानन्धरको भनाइ छ । नेपालमा सो इभेन्ट हुने मिति र स्थान तथा अन्य थप जानकारी पछि सार्वजनिक गरिने उनको भनाइ छ ।

बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित हुन्छ । विशेषगरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एड्भेन्चर बाइक राइडर समेत सहभागी हुनेछन् ।

Logo