दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग

दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग

प्रसाइलाई पक्राउ गरेर सरकारले केटाकेटी खेल खेल्यो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई आजपाले रिहा गर्न माग गरेको हो ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईँलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसायका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो’, आजपाको विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo