इनरुवा। सुनसरीको इटहरी उपमहानगरपालिका–१ आपगाछीमा ६ करोड ६० लाख रुपैयाँ लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले मन्दिर निर्माण गरेका हुन्। शनिबार आयोजित कार्यक्रममा नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले मन्दिर उद्घाटन गरेका छन्।
भोजपुरको याक्कुकट्टीबाट १९९० सालतिर इटहरी आपगाछीमा बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेका हुन्। निर्माण समितिका अध्यक्ष विनोद अधिकारीका अनुसार चन्द्रप्रसादका सात भाइ छोराका नाति–पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्षमा मन्दिर निर्माण सम्पन्न गरेका हुन्।
निर्माण सम्पन्न भएसँगै मन्दिर पूजाआर्चनाका लागि खुला गरिएको छ। यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका छन्।





























प्रतिक्रिया