काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
भ्रष्टाचारको आरोप खेपिरहेका चालिसेसँग विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले पाँच लाख धरौटी मागेको हो । चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले आठ करोड ५६ लाख रुपैंयाको सम्पत्ति जोड्दा चार करोड ८८ लाख रुपैयाँ मात्रै बैध रुपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । उनले ३ करोड ६८ लाख रुपैंया गैरकानुनी आर्जन गरेका थिए, अख्तियारले त्यसैलाई बिगो कायम गरेको थियो ।





























प्रतिक्रिया