काठमाडौं

आज मिति २०७४ साल माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । "/>

ग्रहण लागेको समयमा के गर्न मिल्छ, के गर्न मिल्दैन ? यस्ता छन् नियम .. !

ग्रहण लागेको समयमा के गर्न मिल्छ, के गर्न मिल्दैन ? यस्ता छन् नियम .. !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज मिति २०७४ साल माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । यो दिन सवैले बिहान ८ : ५५ बजे सम्म भोजन गरि सक्नु पर्ने छ । तर बालक, बृद्ध ,रोगिहरुको लागि छुट छ । यो ग्रहण लागेको बेलामा तिष्य , अश्लेषा नक्षत्र र कर्कट राशी भएका व्यक्तिहरुलाई अतिकष्ट हुनेछ । अरुहरुलाई भने सामान्य लाभ , हानी हुनेछ । त्यसैले यो बेलामा गंगा स्नान , जप , हवन , पाठ पारायण , दान , धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने गर्दछ । यो ग्रहण लागेको बेलामा के के गर्नु हुँदैन भने , निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात् ,पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर , अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति ,बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत् ।।, अर्थात यो बेलामा सुतेमा रोग लाग्दछ , दिसा पिसाव गरेमा दरिद्र हुन्छ , त्यसपछि दिसा पिसावको किरोको योनीमा जन्म हुन्छ , मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ , शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगि हुन्छ , भोजन गरेमा अधोगर्ति पतन हुन्छ , बन्धनमा बसेमा सर्पको योनि हुन्छ र कसैलाई मारेमा वा आफु मरेमा नरकमा जानेछ ।

बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ । त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ । संस्कृत भाषाको ‘गृण्ह’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ भने सूर्यग्रहण औंशीका दिन लाग्दछ ।

प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ । यस स्थिति अनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो । यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक्र) नै ग्रहण मानिन्छ । ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ । ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ । मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ । ऋग्वेद लगायत ब्राह्मण ग्रन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन् । वैदिक कालगणनाका लागि ३४ सय वर्ष अघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन । त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन् ।

पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्व अन्य समयको भन्दा बढि भएको बताएका छन् । ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन् । सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा । पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ । ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

चन्द्रग्रहण फल कुन राशीलाई कस्तो :

मेष राशि – व्यथा 
वृष राशि – श्रीप्राप्ति 
मिथुन राशि – क्षति 
कर्कट राशि – घात
सिंह राशि – व्यय
कन्या राशि – लाभ 
तुला राशि – सुख
वृश्चिक राशि – माननाश 
धनु राशि – कष्ट 
मकर राशि – स्त्रीपीडा 
कुम्भ राशि – सुख
मीन राशि – चिन्ता 
 

Logo