काठमाडौँ ।
भृकुटीमण्डपमा बिहिबारबाट सुरु भएको क्यान मेला जारी रहेको छ । मेलामा विभिन्न २ सय २२ कम्पनीले स्टलहरु राखेका छन् । उपभोक्तालाई आकर्षित गर्न कम्पनीहरुले आफ्ना उत्पादनहरुमा विभिन्न छुट र अफरहरु दिइरहेका छन् ।
मेलामा नेपालीले बनाएको एप्स सगुनदेखि तीन पाङ्ग्रे मोटर हेर्न दर्शकको भिड छ । यसैगरी नेपाली विद्यार्थीले बनाएको रोबोटको खेल तथा प्रदर्शन पनि मेलामा भइरहेको छ ।
क्यान इन्फोटेक मेलामा कुन कम्पनीको कस्तो अफर ?
उपभोक्तालाई अफर तथा उपहार दिने कम्पनीहरुमा इन्टरनेटदेखि मोबाइल, टिभीसम्म रहेको छ । मेलामा अफर तथा उपहारको व्यवस्था गर्ने कम्पनीहरु यस प्रकारका छन् ।
नोटिस राउटर
इन्टरनेट सेवा प्रदाय कम्पनी फाल्कोन इन्टरनेसनलले क्यान इन्फोटेक राउटर खरिद गर्ने ग्राहकले डब्ल्युएफ २४०० ई नोटिस राउटर उपहार पाउनेछन् । यो राउटर ३०० एमबीपीएससम्मको हाइस्पिड रहेको छ ।
सोनीमा ५० प्रतिशतसम्मको छुट
मेलामा सोनी कम्पनीले ग्राहकलाई १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । कम्पनीले पावर बैंक, मोबाइल, टिभी, क्यामेरा लगायतका उत्पादन मेलामा राखिएको छ । ग्राहकलाई सोनीको पावार बैंकमा ५० प्रतिशत छुट गरिएको छ भने मोबाइलमा १६ प्रतिशतसम्म र टिभीमा २५ प्रतिशत छुट रहेको छ ।
सुपथ मूल्य टेक्नो ब्राण्डका मोबाइल
क्यान मेलामा पहिलो पटक आफ्नो उपस्थिती जनाएको टेक्नो मोबाइलले सुपथ मूल्यमा स्मार्ट फोन बजारमा ल्याएको छ । कम्पनीले ३२ जीबी इन्टरनल मेमोरी कार्ड भएको फोनको मूल्य १५ हजार ७ सय ४५ तोकेको छ भने आइसेभेनको मूल्य २५ हजार १ सय ९५ तोकिएको छ ।
मेरो टिभीको लाइकमा बाइक उपहार
डिभाइन स्ट्रिम प्रालिले संचालन गर्दै आएको केवल च्यानल सेवामा मेरो टिभीले लाइकमा बाइक उपहार दिने योजना ल्याएको छ । कम्पनीले एपको प्रवद्र्धन गर्नका लागि यो योजना ल्याएको हो । यसका लागि प्रयोगकर्ताले मेला भएको समयमा एप डाउनलोड गरी सेयर गर्दा आउने कोड नं. बाट गोलाप्रथाबाट एक विजेतालाई होन्डाको साइन बाइक कम्पनीले दिने बताएको छ ।
बारकोडको ठुलो अफर
बारकोड नेपाल इन्कर्पोरेट प्रालिले मेलालाई लक्षित गरी ठुलो अफर ल्याएको छ । सबै सामानमा भारी छुटको व्यवस्था गरेको कम्पनीले जेडके टेको के ४० ब्राण्डको बायोमेट्रिक एटेन्डेन्स मेसिन मात्र ५ हजार ९ सयमा किन्न सकिन्छ ।





























प्रतिक्रिया