काठमाडौं
काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा हिजो देखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सिसी क्यामेरा प्रयोगको शुभारम्भ गरे । "/>

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा हिजो देखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सिसी क्यामेरा प्रयोगको शुभारम्भ गरे । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको छ ।

कामपाको वडा नं १० मैतीदेवी सेतोपुल देखि शङ्खमुल सम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ । सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताए । एक महिना अघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि बुधबार देखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको उक्त वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।
नागरिकबाट

Logo