बैतडी । महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् भने एक महिलाको शव फेला परेको छ ।
पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोमबार बिहान बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूले जानकारी दिए । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, सोही नदी किनारमा पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।































प्रतिक्रिया