काठमाडौं ।
नायक अनमोल केसी ब्राण्ड एम्बेसडर रहेको बेनलीले लियोंसिनो मोडलको बाइक सार्वजनिक गरेको छ ।
लियोंसिनो इस्क्राम्बल शैलीको छीटो—छरितो र शानदार मोटरसाइकल हो, यसमा १७ इन्चको मिश्रधातुले बनेको पांग्रा छ ।
यसमा अगाडि १२०/७० जेड आर १७ र पछाडि १६०/६० जेडआर १७ पांग्रा छ । यसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन र क्षमताको ग्यारन्टी दिन्छ । अगाडि भागमा सस्पेन्सनमा छ अप्साइड डाउन ४५ एमएम फोर्क जुन ३२० एम.एम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ।
पछिल्लो भागअन्तर्गत रहेको स्विंगआर्मको गतिबिधिलाई नजिकै राखिएको शकअब्जर्बरले नियन्त्रित गर्छ र ब्रेकिंग भने सिंगल पिस्टन क्यलिपर रहित २६० एमएमको डिस्कले नियन्त्रण गर्छ ।
लियोंसिनोमा छ ५०० सीसीको लिकुइड कुल्ड टूइन सिलिन्डर ४ स्ट्रोक इन्जिन, जसले दिन्छ । यसमा ८५०० आरपीएममा ४८ सीभी (३५ कि.वा)को अधिकशक्ति र ४५०० आरपीएममा ४६ एनएम (४.६ केजी)को अधिक टोर्क छ ।
बाइकले वेट सम्प लुब्रिकेसन, इलेट्रोनिक इन्जेक्शन, ओभरहेड डबल क्याम्स्याफ्ट टाइमिंग सिस्टम, हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियरबक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिन्छ ।
लियोंसिनो रातो, सिल्भर र कालो रंगमा उपलब्ध छ । यसको बिशेष सुरुवाती मूल्य ८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ छ ।
ब्रान्डले आधुनिक संसारमा आफ्नो छुट्टै पहिचान पाएको कम्पनीको दावी छ ।





























प्रतिक्रिया