काठमाडौं
भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन) को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन । मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो ।
१२ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिले सम्म २५ प्रतिशत भन्दा बढी बिक्री हुन सकेको छैन । सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो । बजारमा यस भन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आर्कषण यसमा हुन सकेको छैन । सरकारले बिक्री खुला गरेको आठ महिना बिति सक्दा पनि ३ हजार ५३० वटा मात्र बिक्री भएको नेशनल ट्रेडीङ लिमिटेडले जानकारी दिएको छ ।
लिमिटेडका वरिष्ठ अधिकृत श्यामकुमार श्रेष्ठले मूल्य घटाएर बिक्री खुला गरे पनि सो चुल्हो प्रति ग्राहकको आर्कषण नहुँदा बिक्री हुन नसकेको बताए । बजारमा सस्तो चुल्हो पाइने हुँदा मूल्य घटाउदा पनि धेरै बिक्री हुन सकेन,” उनले भने, “अहिले सम्म ३ हजार ५ सय ३० वटा चुल्होमात्र बिक्री भएको छ ।” हाल सम्म ७ हजार ७७० वटा चुल्हो बिक्री हुन नसकी टेकु स्थित लिमिटेडको गोदाममा अलपत्र परेका छन् । चीन सरकारले पहिलो पटक १ हजार ३ सय र दोस्रो पटक गरेर १० हजार गरी ११ हजार ३ सय चुल्हो उपलब्ध गराएको थियो ।
कारोबारबाट





























प्रतिक्रिया