ओली र लेखकलाई ५ दिन म्याद थप

ओली र लेखकलाई ५ दिन म्याद थप

केन्द्रबिन्दु
1.04k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन म्याद थपिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरिदिएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओली र लेखकलाई जिल्ला अदालतबाट पहिलोपटक ५ दिन र दोस्रोपटक २ दिन म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको थियाे । आयोगको प्रतिवेदनअनुसार आन्दोलनमा किशोरकिशोरीको ज्यान जाने गरी हेलचेक्र्याइँ गरेको अभियोगमा ओली र लेखक पक्राउ परेका हुन् ।

Logo