काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबार सुन तोलामा ४ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि सुनको मूल्य तोला रु २ लाख ९४ हजार ७०० तोकिएको छ। अघिल्लो दिन सुन रु २ लाख ९९ हजार मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु १५० ले घटेर रु ४ हजार ८७५ मा झरेको छ। अघिल्लो दिन चाँदी रु ५ हजार २५ मा कारोबार भएको थियो। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र माग घटबढका कारण स्थानीय बजारमा मूल्य घटेको देखिएको छ । लगातारको उतारचढावबीच सुनचाँदी बजार फेरि घट्दो दिशातर्फ गएको छ, जसले उपभोक्तालाई केही राहत दिएको छ ।































प्रतिक्रिया