एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

केन्द्रबिन्दु
0
Shares

झापा ।

एन आई सी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिलेमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गर्नुभएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको जनाएको छ ।

Logo