एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै

एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै

केन्द्रबिन्दु
33
Shares

काठमाण्डौं ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।

उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।

चैत १४ पूर्वप्रधानमन्त्री ओली गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य अवस्थाको कारण देखाउदै ओली सोही दिन विहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो । २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।

Logo