क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन्, भने प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा तीन जना घाईते भएका छन् । "/>

धनकुटा आन्दोलन: तीन जना घाइते, अनिश्चितकालीन कर्फ्यु

धनकुटा आन्दोलन: तीन जना घाइते, अनिश्चितकालीन कर्फ्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ४ माघ ।

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राख्दै भएको अन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन्, भने प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा तीन जना घाईते भएका छन् ।

आन्दोलन थप उग्र बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागी कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख एसपी सुदिपराज भण्डारीले बताए अनुुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।

Logo