जाजरकोट , ३, माघ

हामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । "/>

नारामै सिमित गाउँ – गाउँमै सिंहदरबार

नारामै सिमित गाउँ – गाउँमै सिंहदरबार

केन्द्रबिन्दु
0
Shares

जाजरकोट , ३, माघ

हामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनार्इ छ । स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि स्थानीयलाई सदरमुकाममा आउनै पर्ने बाध्यता छ ।

सदरमुकाम खलंगामा सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक स्थापना हुन सकेका छैनन् । यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआइ सुखै छैन । ‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो । हामीलार्इ भने सिंहदरबार खोज्न सदरमुकाममै आउनु पर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का धनबहादुर खड्काले भने । मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको बताए । ‘हिजो गाउँमा सिंहदरबार अर्थात् जनताका सबै काम हुने कार्यालय ल्याउछौं भन्थे तर आज सानातिना काम मात्र गाउँमा हुन्छन्, मुख्य कामका लागि खलंगा नगई हूदैन,’ छेडागाड नगरपालिका ६ का स्थानीय रत्नबहादुर शाहीले भने ।
नागरिकबाट

Logo