देउवा समूहको भेलामा नयाँ पार्टी खाेलेर अघि बढ्नुपर्ने विषयले प्रवेश पाएपछि…

देउवा समूहको भेलामा नयाँ पार्टी खाेलेर अघि बढ्नुपर्ने विषयले प्रवेश पाएपछि…

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला शेरबहादुर देउवा पक्षीय समूहको छलफलमा नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषयले प्रवेश पाएको छ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा पक्षले सर्वाेच्च अदालतबाट आधिकारिकता पाएपछि देउवा निकट केही प्रभावशाली नेताहरूले अब नयाँ ढंगले संगठित हुनुपर्ने विकल्प अघि सारेका हुन्।

काठमाडौंको महाराजगन्जमा आज भएकाे भेलामा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् । पार्टीभित्र सम्मानपूर्ण तरिकाले अगाडि बढ्ने अवस्था भएन भने बेग्लै पार्टी खोल्नुपर्छ भन्ने धारणा उनीहरूको छ ।

Logo