काठमाडौँ,३०,पुस
यातायात व्यवस्था विभागले प्रदूषण जाँच गरेर हरियो ‘स्टिकर’ दिएका सवारी नै छड्के जाँचको क्रममा प्रदूषण जाँचमा ‘फेल’ भएका छन् । "/>

यातायातले पास गरेका ४७ प्रतिशत गाडीहरु प्रदूषित

यातायातले पास गरेका ४७ प्रतिशत गाडीहरु प्रदूषित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,३०,पुस
यातायात व्यवस्था विभागले प्रदूषण जाँच गरेर हरियो ‘स्टिकर’ दिएका सवारी नै छड्के जाँचको क्रममा प्रदूषण जाँचमा ‘फेल’ भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मंसिर १३ गते देखि पुस २५ गते सम्म अनुगमनको क्रममा जाँच गरिएका सवारी मध्ये ४७ प्रतिशत बढी मापदण्ड विपरीत रहेको पाइएको छ । त्यो बीचमा ४११ वटा सवारीसाधनको प्रदूषण जाँच गरिएकोमा १९४ अर्थात् ४७ दशमलव २ प्रतिशत गाडी प्रदूषित पाइएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत भएपछि हाल दैनिक रुपमा भइरहेको सवारीसाधन प्रदूषण जाँचको कार्य नियमित रुपमा आगामी दिनमा पनि जारी राख्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले यातायात व्यवस्था विभागले खरिद गर्न लागेको ४० वटा प्रदूषण जाँच्ने मेसिन छिटो खरिद गर्ने र खरिद गरेर आएपछि त्यसको प्रभावकारी प्रयोगका लागि आवश्यक जनशक्ति, प्रयोग हुने स्थान र प्रयोग गर्न आवश्यक पर्ने तालिम, बजेट लगायतको उचित व्यवस्थापनको कार्ययोजना बनाउने निर्णय गरेको छ ।
आर्थिक दैनिकबाट

Logo