काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एसएमएस, आईभीर र १४ वटा वेबसाइटमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका र वेभसाइटहरुको सूची






















