म जीवनी लेख्न होइन, इतिहास लेख्न हिँडेको हुँ -रवि लामिछाने

म जीवनी लेख्न होइन, इतिहास लेख्न हिँडेको हुँ -रवि लामिछाने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने ठाउँमा रहेको जिकिर गरेका छन् ।

आइतबार पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन।’

त्यसअघि उनले भने, ‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन । सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’

Logo