काठमाडौं,१९,पुस
सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशतले वढि हो । "/>

सन् २०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल भ्रमणमा

सन् २०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,पुस
सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशतले वढि हो । सन् २०१६मा ७ लाख २८ हजार ५५५ ले नेपाल भ्रमण गरेका थिए । उक्त तथ्याङक हवाई मार्ग र स्थलमार्गबाट समेतको कुल तथ्याङक रहेको अध्यागमन विभागले जनाएको छ ।

सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउने राखेको लक्ष्य ६ वर्षपछि पूरा हुने संकेत देखिए पनि पुरा हुन भने अझै सकेको छैन । अहिलेको अवस्थामा वर्षमा १० लाखको हाराहारी पर्यटक आगमन हुनु सकरात्मक रहेको पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
नेपाल समाचारपत्रबाट

Logo