बार्सिलोना, १४ पुस ।
स्पेनको मुख्य शहर बार्सिलोना फुटवलको कारणले विश्वभर चर्चित छ । औद्योगिक क्रान्तिवाट आफ्नो मुहार फेरेको यो शहरले ओलम्पिक खेलबाट पनि आफ्नो ख्याती उकास्यो । यो शहर अहिले नयाँ कारणले चर्चामा आएको छ । कारण हो, सेक्स डल बेश्यालय ।
सेक्स डलको कुरा त हामीले सुन्दै आएका छौ नै । वेश्यालयको कुरा पनि सुन्दै आएका छौ । तर, सेक्स डल बेस्यालय भने निकै अनौठो लाग्न सक्छ । सेक्स डलकै वेश्यालय ? पत्याउन पनि गाह्रो हुन्छ ।
तर, सत्य हो । सेक्स डलको माग बढेपछि कम्पनीले सेक्स डलको वेश्यालय स्थापना गरेको हो । यस वेश्यालयमा ग्राहकहरु भिन्नै अनुभवका लागि आउने गर्छन् । नरम र वास्तविक युवती जस्तै लाग्ने यी सेक्स डलसँग यौनसम्बन्ध गर्नका लागि ९ हजार ५ सय रुपैंया खर्च गर्नुपर्छ । यत्ति पैसाले आधा घण्टा मात्र आनन्द लिन पाइन्छ । एक घण्टाका लागि २१ हजार ५ सय रुपैंया तिर्नुपर्छ । यसका साथै होम सर्भिसको पनि व्यवस्था छ । यसका लागि ३० हजार रुपैंया तिर्नुपर्छ ।
ल्युमीडल्स कम्पनीले यो वेश्यालयलाई संचालनमा ल्याएको हो । सेक्स डल प्रयोग गर्ने क्रममा कण्डाम पनि अनिवार्य गरिएको छ ।
यो वेश्यालय संचालनमा आएसँगै त्यहाँ विरोधका आवाज पनि चर्कन थालेको छ । सेक्स डल मार्फत यौन इच्छा पुरा गराउनेमा प्रश्नहरु उठाउन थालिएको छ । एजेन्सी





























प्रतिक्रिया