महोत्तरी, २८, मंशिर
दोस्रो चरण अन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १९४ उम्मेदवारको जमानत जफत भएको छ । "/>

महोत्तरीमा १ मत मात्र ल्याउने उमेदवार पनि भेटिए !

महोत्तरीमा १ मत मात्र ल्याउने उमेदवार पनि भेटिए !

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, २८, मंशिर
दोस्रो चरण अन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १९४ उम्मेदवारको जमानत जफत भएको छ । कुल प्रतिनिधिसभामा भाग लिएका उम्मेदवार ६९ र प्रदेश सभाका उम्मेदवार १४४ गरि कुल २१३ जना रहेकोमा १९ जनाले जमानत फिर्ता पाउने छन् । बाँकिको जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश वा प्रतिनिधिसभामा कुल खसेको मतको दश प्रतिशत ल्याउनेको जमानत बच्ने रहेकोमा अधिकांश उम्मेदवारले सोहि अनुरुप मत ल्याउन नसक्दा उनीहरुको जमानत जफत भएको हो । यता महोत्तरीको सवै क्षेत्रमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सवैभन्दा कम मत ल्याउनेमा महोत्तरीको क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवारमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सोगारथ यादव रहेका छन । उनले ५ मत प्राप्त गरेका हुन । त्यस्तै प्रदेशसभा तर्फ सबै भन्दा कम मत ल्याउनेमा क्षेत्र नं. १ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका धनराज लामा मोक्तान रहेका छन । उनले १ मत प्राप्त गरेका हुन ।
नयाँपत्रिकाबाट

Logo