नवलपरासी, २८, मंशिर
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । दुई जिल्लाबाट माओवादी केन्द्रले ५ जना उम्मेदवार उठाएको थियो। जसमा २ प्रतिनिधिसभा सदस्य र तीनवटा प्रदेशसभा सदस्यका उम्मेदवार थिए। दुई जिल्लाबाट एमालेले दुई प्रतिनिधिसभा र ५ प्रदेशसभा सदस्य जिते पनि माओवादी केन्द्रका सबै उम्मेदवार भने पराजित भएका हुन्।
पूर्वी नवलपरासीमा प्रतिनिधिसभा सहित ३ जनाले उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा भविश्वर पराजुली, प्रदेशसभा १ (क) बाट सूर्यप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए भने निर्वाचन क्षेत्र नम्बर २ (क) बाट बालकृष्ण गैरेले उम्मेदवारी दिएका थिए। त्यसैगरी पश्चिम नवलपरासीमा प्रतिनिधिसभा सहित २ जनाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा घनश्याम यादव र प्रदेशसभा २ (ख) मा कन्हैया कोहाँरले उम्मेदवारी दिएका थिए।
अन्नपूर्णबाट





























प्रतिक्रिया