काठमाडौं, २६ मंसिर । नेपालमा रहेको आइएमई लिमिटेड र भारतमा रहेको मुथुत फाइनान्स वीच रेमिटेन्स सम्झौता भएको छ ।
मुथुत फाइनान्सका प्रमुख तथा महाप्रवन्धक आर.के. बिजिमोन र आइएमई लिमिटेडको प्रमुख तथा संचालन अधिकृत खिलेन्द्र पौडेलले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतामा भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखा बाट नेपाल पैसा पठाउन सक्ने, नगद भुक्तानी सेवाका अतिरिक्त खातामा रकम जम्मा गर्न सकिने सुविधा संझौतामा उल्लेख गरिएको छ ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्य पछि भारतमा रहँदै आएका लाखौं नेपालीहरुले सहजै नेपालमा पैसा पठाउन सकिने बताए ।’ मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमई संगको सम्झौता पछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको रकम नेपालमा आफ्ना आफन्तलाई पठाउन सहज हुने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया