जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र कुमार गुप्ता

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र कुमार गुप्ता

केन्द्रबिन्दु
6
Shares

बारा । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवा उद्यमी गजेन्द्र कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका छन्।

संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको अन्तिम मतगणना परिणाम अनुसार, गजेन्द्रले आफ्ना प्रतिस्पर्धी मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व सम्हाल्न सफल भएका हुन्। नवनिर्वाचित अध्यक्ष गजेन्द्रले ५२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मनोजले १९९ मत मात्रै पाउन सके।

निर्वाचन परिणाम अनुसार संघको अन्य महत्त्वपूर्ण पदाधिकारीहरूमा पनि गजेन्द्र प्यानलकै उम्मेदवारहरू भारी मतका साथ विजयी भएका छन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा ५०२ मत ल्याएर शीवजी साह सोनार विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सन्तोष कुमारले १९५ मतमा चित्त बुझाउनु परेको छ। यसैगरी, वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामबाबु कलवार ५३१ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी प्रमोद साहले १११ मत मात्र प्राप्त गरे।

संघको प्रशासनिक नेतृत्व अर्थात् महासचिव पदमा प्रकाश गिरि ५१२ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुशील शर्माले १८८ मत पाएका थिए। त्यस्तै, कोषाध्यक्ष पदमा रीना रौनियार ४१२ मत ल्याएर विजयी भएकी छिन् भने वाणिज्यतर्फको सचिव पदमा २९७ मतका साथ अर्का उम्मेदवार निर्वाचित भएका छन्।

पदाधिकारीहरूसँगै वाणिज्यतर्फको सदस्य पदमा अमरेन्द्र कलवार, नवरतन कलवार, बलराम पौडेल, वीभा गुप्ता, विजय गुप्ता, मनोहरबाबु गुप्ता, मुकुन्द रिजाल, रुपनारायण गुप्ता र श्रीराम साह कानु निर्वाचित भएका छन्।

Logo