मलेसियाद्वारा बङ्गलादेशी कामदारको अधिकार संरक्षण सुदृढ गर्ने प्रतिबद्धता

मलेसियाद्वारा बङ्गलादेशी कामदारको अधिकार संरक्षण सुदृढ गर्ने प्रतिबद्धता

केन्द्रबिन्दु
3
Shares

पुत्रजया । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बङ्गलादेशी आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन‍् ।

बङ्गलादेशी प्रधानमन्त्री तारिक रहमानसँग सोमबार भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनवरले श्रमिकमाथि हुने शोषण र दुर्व्यवहार अस्वीकार्य रहेको बताए । मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन देशको आप्रवासी श्रमशक्तिको करिब एक तिहाइ हो ।

हालका वर्षमा श्रमिकले भुक्तानी नपाएको ज्याला, भर्ती, ठगी तथा अत्यधिक शुल्क तिर्न बाध्य भएपछि अलपत्र परेका घटनाहरू सार्वजनिक भएका छन् । यसले आप्रवासी श्रमिकहरू ऋणको बन्धनमा फसेको भन्दै अन्तरराष्ट्रिय चासो बढेको छ ।

प्रधानमन्त्री अनवरले मानव संसाधन सहकार्यलाई दुवै देशको अस्तित्वका लागि महत्वपूर्ण भन्दै श्रमिकको शोषण कुनै पनि हालतमा सहन नसकिने स्पष्ट पारे । त्यस्तै, बङ्गलादेशका प्रधानमन्त्री रहमानले भर्ती प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सस्तो बनाउन तथा बिचौलियाको सङ्ख्या घटाउनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञहरूले समेत मलेसियामा बङ्गलादेशी कामदारहरूले शोषण, ठगी र ऋणको बन्धनको समस्या सामना गरिरहेको भन्दै दुवै सरकारलाई जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्न आग्रह गरेका छन् । -एएफपी

Logo