‘नेपाली ब्रो’ को कुदृष्टि रहेको उनका छोराकी प्रेमिका शोभा तामाङको बयान

‘नेपाली ब्रो’ को कुदृष्टि रहेको उनका छोराकी प्रेमिका शोभा तामाङको बयान

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ‘नेपाली ब्रो’ उर्फ कुमार थापामगरले आफ्नी श्रीमतीको हत्या गरेको घटनामा उनको छोराकी प्रेमिकाले थप तथ्यहरू उजागर गरेकी छन् । ‘नेपाली ब्रो’ का छोरा जेनिससँग लिभइनमा बस्दै आएकी शोभा तामाङको बयान अदालतमा दायर गरिएको अभियोगपत्रमा समेटिएको छ ।

शोभाले बताए अनुसार जेनिससँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भएपछि कलिलै उमेरमा प्रेम बसेको थियो ।आफू विदेश जाने सिलसिलामा काठमाडौं आएको र जेनिसकी आमा ईश्वरी भुजेलकोसमेत सहमतिमा जेनिससँग लिभइनमा बसिरहेको उनले बताएकी छन् । सो घरको तल्लो फ्ल्याटमा ‘नेपाली ब्रो’ बस्ने गर्थे भने माथिल्लोमा ईश्वरी, जेनिस उनका भाइ इभान र शोभा बस्दै आएका थिए ।

नेपाली ब्रोले छोराको प्रेम सम्बन्धलाई स्वीकार गरेका थिएनन् । उनले शोभालाई ‘घरमा काम गर्ने केटी’ भन्ने गर्थे । उनले प्रहरीलाई दिएको बयानमा पनि शोभालाई ‘काम गर्ने केटी’ नै भनेका छन् । यता, शोभाले भने नेपाली ब्रोले आफूमाथि कुदृष्टि राखेको बताएकी छन् ।

आफूले लुगा फेर्दा र नुहाउँदा नेपाली ब्रोले चियाएर हेर्ने गरेको उनको आरोप छ । शोभाका अनुसार जेनिसकी आमा ईश्वरीले भने उनलाई छोरीलाई जस्तै माया गर्थिन् ।

Logo