खामेनीको अन्त्येष्टि: रोए राष्ट्रपति पेजेस्कियान

खामेनीको अन्त्येष्टि: रोए राष्ट्रपति पेजेस्कियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनी र उनको परिवारको अन्तिम संस्कार शुक्रबारदेखि सुरु गरिएको छ।

खामेनीसँगै उनका १४ महिनाकी नातिनी, श्रीमती, छोरी र ज्वाइँलाई श्रद्धाञ्जली दिने क्रम जारी छ। खामेनीकी नातिनीको सानो कफिन छेउमा उनको तस्बिर पनि राखिएको छ। अली खामेनी र उनको परिवारका धेरै सदस्यको कफिन तेहरानको मोसल्ला परिसरमा राखिएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित देशको शीर्ष नेता श्रद्धाञ्जली अर्पण गर्न तेहरानको ग्रान्ड मोसल्लामा पुगे। पेजेस्कियान भक्कानिँदै रोए। इरानी संसद्‌का सभामुख मोहम्मद बाघेर गालिबाफ र उनीसँगै उपस्थित धेरै सैन्य अधिकारीले पनि आँसु थाम्न सकेनन्।

खामेनी र उनको परिवार गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका थिए। अन्त्येष्टि समारोह सकिएपछि जुलाई ९ मा उनीहरूको शव इरानी सहर मसहदमा गाडिनेछ।

Logo