काठमाडौं, १३ मंसिर ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छवीकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताए ।
भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उनले बताए । घरदैलोमा प्रदेशसभा ९क० का उम्मेदवार नारायण सिलवाललगायत सहभागी थिए ।





























प्रतिक्रिया