कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला

कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएको गाडीका चालकको शव फेला परेको छ ।

अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा फेला परेको शव चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको पाइएको प्रहरीले जनाएको छ ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो । सो घटनामा यसअघि २ वटा शव फेला परेको थियो ।

Logo