‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुन्डाई नेपालको अर्थपूर्ण पहल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले एजी१० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलले हुन्डाई नेपालको ग्रासरुट (तल्लो तह) फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभाहरूलाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि को एकदिने प्रतियोगितामा आठ टोलीका ८० जना युवा खेलाडीहरू सहभागी भएका थिए। फिफा विश्वकप २०२६ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको हो। फिफा विश्वकप २०२६ को ‘अफिसियल पार्टनर’ का रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन “नेक्स्ट स्टार्ट्स नाउ” अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा हुन्डाईका चर्चित गाडीका मोडलहरूका नाममा स्थापित आठ टोलीहरू— टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई१० नियोस र टिम पालिसेडबीच कडा प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलपछि ‘टिम भेन्यु’ विजेता बन्न सफल भयो भने ‘टिम क्रेटा इलेक्ट्रिक’ उपविजेतामा सीमित भयो।

यस प्रतियोगिताले युवा खेलाडीहरूलाई एउटा व्यवस्थित र प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने सुनौलो अवसर प्रदान गरेको छ। साथै, एजी१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको तल्लो तहको विकासमा दीर्घकालीन योगदान पुर्‍याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ।

यस विशेष अवसरमा एजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले भन‍े, “नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव केवल अवसरको थियो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन्। हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास मैले लिएको छु।”

‘हुन्डाई नेक्स्ट जेन कप’ युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन सोचको उत्कृष्ट प्रतिबिम्ब हो।

Logo