नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।

त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।

Logo