काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय भएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई दुई वर्ष कैद सजाय सुनाएको हो। यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ। उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ। त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।
यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ।






























