काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहरिएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले आगामी ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ । उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए तर केही महिनामै हटाइएका थिए ।






























