काठमाडाैं । टुरिजम र हस्पिट्यालिटी क्षेत्रमा स्वीस डिग्री तथा स्वीस अवधारणामा केन्द्रित गुणस्तरीय शिक्षा दिने एसियाकै पहिलो कलेज हाे, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेज ।
काठमाडौंको मण्डिखाटारमा सन् २००७ मा स्थापना भएको कलेजको प्राज्ञिक वातावरण अत्यन्तै उत्कृष्ट, शान्त र प्रविधियुक्त छ। यहाँ स्वदेशी मात्र नभई विभिन्न देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समेत बाक्लो जमघट हुने भएकाले विद्यार्थीहरूले विश्वव्यापी संस्कृति र बहुराष्ट्रिय शैक्षिक प्रणाली प्रत्यक्ष साटासाट गर्ने अनौठो अवसर पाउँछन्। कलेजले केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय मापदण्डको व्यावहारिक तालिम गराउने हुँदा यहाँको शैक्षिक नतिजा सधैँ अब्बल रहने गरेको छ।
रोजगारमुखी शिक्षा र उत्कृष्ट नतिजाकै कारण हस्पिटालिटी उद्योगमा वैश्विक नेतृत्व लिन चाहने विद्यार्थीहरूका लागि गेट कलेज एक निर्विकल्प गन्तव्य साबित भएको छ।
विशेष गरी स्नातक तहमा हस्पिटालिटी र होटल म्यानेजमेन्टमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि गेट कलेजले ब्याचलर इन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट (बीआईएचएम) र ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच) जस्ता अन्तर्राष्ट्रिय स्तरका स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, व्यावसायिक दक्षता अभिवृद्धिका लागि अष्ट्रेलियाकाे ‘व्यावसायिक कुकरीमा प्रमाणपत्र III’ कार्यक्रमसमेत उपलब्ध छ।
नेपालमा आतिथ्य शिक्षाको क्षेत्रमा गेट कलेजले धेरै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। याे कलेज पेरिसमा आयोजित ‘वर्ल्ड हस्पिटालिटी अवार्ड’ मा ‘माेस्ट इनाेभेटिभ ट्रेनिङ प्राेग्राम–२०११’ अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपालको पहिलो संस्था हो। त्यसैगरी ‘द बेस्ट प्राेफेशनल सक्सेस -२०१५’ विधामा फाइनलिस्ट बनेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शैक्षिक उत्कृष्टतालाई चिनाएको छ।
हस्पिट्यालिटी क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था स्विजरल्याण्डको इएचएलबाट सम्बन्धन प्राप्त गेट कलेजले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइलाई समान प्राथमिकता दिएको छ। आधुनिक किचेन, प्रयोगशाला, होटल व्यवस्थापनसम्बन्धी अभ्यास तथा उद्योगसँग जोडिएको शिक्षण प्रणालीले विद्यार्थीलाई अध्ययनकै क्रममा व्यावसायिक अनुभव दिलाउँछ। शान्त, सुरक्षित र विद्यार्थीमैत्री शैक्षिक वातावरण गेटको अर्को विशेषता हो।
कलेजले केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय मापदण्डको व्यावहारिक तालिम गराउने हुँदा यहाँको शैक्षिक नतिजा सधैँ अब्बल रहने गरेको छ।
गेट कलेजको शैक्षिक उपलब्धि यसको नतिजा र रोजगारीमा पनि प्रतिबिम्बित हुन्छ। हजारौं स्नातक विद्यार्थी स्वदेश तथा विदेशका प्रतिष्ठित होटल, रिसोर्ट, एयरलाइन्स र पर्यटन उद्योगमा सफल करियर निर्माण गरिरहेका छन्। विश्वभरका ५०० भन्दा बढी उद्योग साझेदार मार्फत यस कलेजले विद्यार्थीहरूलाई इन्टर्नसिप र रोजगारीको सुनौलो ‘गेट वे’ प्रदान गर्दछ।
रोजगारमुखी शिक्षा र उत्कृष्ट नतिजाकै कारण हस्पिटालिटी उद्योगमा वैश्विक नेतृत्व लिन चाहने विद्यार्थीहरूका लागि गेट कलेज एक निर्विकल्प गन्तव्य साबित भएको छ।































