नेपालको सातौं विकेट पतन, सोमपालको ब्याट पनि चलेन

नेपालको सातौं विकेट पतन, सोमपालको ब्याट पनि चलेन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध सोमपाल कामी पनि सस्तैमा आउट भएका छन्।

उनले आज १५ बलमा एक चौकासहित १० रन मात्र बनाउन सके।

नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमायो। उनले ४२ बलमा दुई छक्का र एक चौकासहित २९ रन जोडे।

नेपालले पाँचौं विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो। उनले आज ४२ बलमा २१ रन जोडे।

नेपालले चौथो विकेटको रूपमा ईशान पाण्डेलाई गुमायो। उनले आज १० बलमा चार रन मात्र बनाए।

यस्तै, कप्तान रोहित पौडेलले आज १२ बलमा तीन रन मात्र जोडे। आसिफ शेख १४ र कुशल भुर्तेल ९ रनमा आउट भए ।

नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। जारी सिरिजको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध ८ विकेटले पराजित भएको थियो।

Logo