सुनसरी । सुनसरीको देवानगन्जमा कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था सुदृढ पार्न नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति सुरु भएको झडपमा प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा थप ९ जना घाइते भएका थिए।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज तथा आसपासका पाँच क्षेत्रमा कफ्र्यू आदेश लागू गरेको थियो। तर, कफ्र्यूको बेवास्ता गर्दै स्थानीयले मध्याह्नदेखि प्रदर्शन सुरु गरेका थिए।
प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना भएपछि अवस्था थप जटिल बनेको भन्दै प्रशासनले नेपाली सेना परिचालन गरेको हो।




















