सरकारले शान्तिसुरक्षा कायम गर्न सकेन, गृहमन्त्रीले जवाफ दिनुपर्छ : भीष्मराज आङ्देम्बे

सरकारले शान्तिसुरक्षा कायम गर्न सकेन, गृहमन्त्रीले जवाफ दिनुपर्छ : भीष्मराज आङ्देम्बे

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताएका हुन्।

शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको आङ्देम्बेको भनाइ छ। उनले गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने माग पनि गरेका छन्।

‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ। शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यो घटनाको जिम्मेवार सरकारले लिनुपर्छ,’ आङ्देम्बेले सोमबारसामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप पनि लगाएका छन्।

Logo