दाङ, कात्तिक, २८
नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताएका छन् । "/>

५ नं प्रदेशको राजधानी दाङ बनाउन कटिबद्ध छुःमहरा

५ नं प्रदेशको राजधानी दाङ बनाउन कटिबद्ध छुःमहरा

केन्द्रबिन्दु
0
Shares

दाङ, कात्तिक, २८
नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताएका छन् । घोराहीको रतनपुरमा आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताले आफूलाई सहयोग गर्ने जिकिर गरे ।
वाम गठबन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको बताउँदै उनले निर्वाचनपछि वामपन्थीको सरकार बन्ने जिकिरका साथ माओवादी केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकता हुने स्पष्ट गरे ।
रासस

Logo