रौतहट, १८, कात्तिक
चन्द्रपुर नगरपालिका स्थित सुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । "/>

सुस्तःमनस्थितिकी किशोरीलाई सामूहिक करणी गरेका दुई युवक पक्राउ

सुस्तःमनस्थितिकी किशोरीलाई सामूहिक करणी गरेका दुई युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट, १८, कात्तिक
चन्द्रपुर नगरपालिका स्थित सुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुमार दानीले जानकारी दिए । अभियुक्त दुवै उपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी उक्त १६ वर्षीया किशोरीलाई अभियुक्तले ललाइफकाइ जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पीडित किशोरीको मेडिकल जाँचपछि अभियुक्त दुवै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ढिलो सम्म घर नफर्किदा आमाले खोज्दै जाँदा जंगल छेउमा भेटिएकी कान सुन्न नसक्ने पीडितले आरोपीले अनैतिक कार्य गरेको आमालाई बताएपछि आमाको मौखिक जाहेरीको आधारमा प्रहरीले दुवैजना आरोपीलाई पक्राउ गरेको थियो ।
रासस

Logo