मकवानपुर ।
बलामी जातिमा प्रचलित ऐतिहासिक कात्तिके नाच मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा शुरु भएको छ । विभिन्न पौराणिक कथासँग जोडिएको नाच दशैंको कोजाग्रत पूर्णिमादेखि शुरु भएर ३ रातसम्म सञ्चालन हुने गरेको छ ।
पूर्णिमाको अघिल्लो दिन स्वच्छन्द भैरवको रथ भैरवस्थानमा लगेपछि नाचको चहलपहलका साथै चैत्य डबलीमा नाच शुरु हुने स्थानीयवासी निर्मल बलामीले बताए। सो क्रममा गाउँका मुख्यगुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ९ वटा देवताको नाच निकालिन्छ ।
थाहा नगरपालिका–९ का वडाध्यक्ष पर्शुराम श्रेष्ठले काठमाडौं, ललितपुर, मार्खु, फाखेल लगायत क्षेत्रबाट जात्रा हेर्न यहाँ मानिसहरु आउने गरेको भए पनि हाल कोरोना जोखिमका कारण भीडभाड नभएको बताए ।





























प्रतिक्रिया