इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।
आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
पहिला हाफ बराबरीमा सकिएकाे खेलकाे दोस्राे हाफकाे ६९औं मिनेटमा आर्सनलले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । पल पोग्वाले पेनाल्टी बक्समा हेक्छर बेरेललिनलाई लडाएपछि रेफ्रीले आर्सनललाई सिधै पेनाल्टी दिएको थियो ।
जितसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ६ खेलबाट ७ अंक जोडेर १५ औं स्थानमा छ ।





























प्रतिक्रिया