असोज, २, काठमाडौं
निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । "/>

राजपाका नेता तथा उम्मेदवारसँग आयोगको स्पष्टीकरण माग

राजपाका नेता तथा उम्मेदवारसँग आयोगको स्पष्टीकरण माग

केन्द्रबिन्दु
0
Shares

असोज, २, काठमाडौं
निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा राजपाका नेता एवं सांसद लक्ष्मणलाल कर्ण र राजपा जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेदवार धुरन्दर साह समेत करिब १५० नेता कार्यकर्तालाई मत माग्दै हिँडेको सूचनाका आधारमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए । आज प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आचारसंहिता तोकेका बेला वडाध्यक्ष पदका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे बापत उम्मेदवारी किन रद्द नगर्ने हो भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
रासस

Logo