२९, भदौ, बनेपा 
बुधबारबाट शुरु भएको बनेपा महोत्सवको भब्य रुपमा उद्घाटन गरिएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । "/>

बनेपा महोत्सव शुरु, संचारमन्त्री मोहनबहादुर बस्नेतबाट उद्घाटन

बनेपा महोत्सव शुरु, संचारमन्त्री मोहनबहादुर बस्नेतबाट उद्घाटन

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, बनेपा 
बुधबारबाट शुरु भएको बनेपा महोत्सवको भब्य रुपमा उद्घाटन गरिएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । सोहि कार्यक्रममा उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको थियो । दुबै मन्त्रीहरुलाई बनेपा महोत्सव आयोजक समितिले सम्मान गरेको थियो । विविसी क्लवका अध्यक्ष महेश कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्नु पूर्व बनेपा नगरपालिका प्राङ्गणबाट विभिन्न झाँकी सहितको ¥याली महोत्सवस्थल पुगेको थियो ।

महोत्सवमा विभिन्न जातजाति र संस्कृति झल्कने प्रस्तुती गरिएको थियो । सोहि कार्यक्रममा नेपाली आईडलका प्रतिस्पर्धी प्रताप दासको प्रस्तुती समेत रहेको थियो । महोत्सव स्थलमा १ सय ४२ वटा स्टल राखिएका छन् । केराको विभिन्न प्रकारका परिकारहरु, हस्तकलाका सामाग्रीहरु, प्राकृतिक रुपमा औषधीका रुपमा प्रयोग हुने दशैंको जमारा, खेलकुद महोत्सव र जिल्लाका ५ दर्जन भन्दा धेरै कलाकारहरुको सहभागिता रहने महोत्सव महत्वपूर्ण हुने संयोजक हरि कर्माचार्यले बताए ।
नेपाल समाचारपत्रबाट

Logo