काठमाडौँ, २० , भदौ
गैरआवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष प्रेम गुरुङ र विनोद पटेल, महासचिवमा पुष्पराज भट्टराई, सचिवमा वसन्त उप्रेती, कोषाध्यक्षमा गोपाल राजन, महिना संयोजकमा अञ्जु तामाङ, युवा संयोजकमा दिपक लामिछाने निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा दिपेन्द्र साउद, राम चौधरी, रोशनराज घिमिरे, कृष्ण सुनार, दिनेश प्रजापती र कल्पना थापा निर्वाचित भएका छन् ।
यसैगरि संघको अन्तर्राष्टिय समवन्य परिषद् सदस्यमा सञ्जीत थापा निर्वाचित भएका छन् । अफ्रिकी मूलुक तान्जानीयामा विभिन्न कामका लागि नेपालीहरु जाने क्रम बढिरहेको छ । तान्जानीया पुगेर अप्ठ्यारोमा परेका नेपालीका समस्या समाधानमा संघले निरन्तर पहल गरिरहने अध्यक्ष थापाले बताएका छन् । थापाले यसअघि पनि अध्यक्षका रुपमा काम गरिसकेका छन् ।































प्रतिक्रिया