काठमाडौँ, २० भदौ
समाजमा कायम बोक्सी प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । "/>

चेतनामुलक चलचित्र अग्नीदहन

चेतनामुलक चलचित्र अग्नीदहन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २० भदौ
समाजमा कायम बोक्सी प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए।

राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको सो चलचित्र पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । चलचित्रमा वोक्सी प्रथा बारे भएका वास्तविक घटनालाई उतार्नाका साथै बोक्सा बोक्सी समाजमा नहुने कुरा देखाइएको छ । उक्त चलचित्रको राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सार्वजनिकीकरण गरेकी थिइन । चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, दुर्गा न्यौपाने र विष्णु बाँस्तोलाको भूमिका छ । घनश्याम लामिछानेद्वारा निर्देशित र लोकमणि पौडेलद्वारा लेखिएको उक्त चलचित्र मकवानपुर, चितवन, पोखरा र काठमाडौँमा छायांकन गरिएको हो । करिब रु ८० लाख लागतमा निर्माण गरिएको चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि बनाइने अध्यक्ष उपाध्यायले बताए । रासस

Skip This
Skip This
Logo