२०, भदौ, काठमाडौं
साउन महिनामा आएको बाढीले तराईक्षेत्रमा पु¥याएको क्षतिका कारण निर्जीवन बिमा कम्पनीहरूमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दाबी परेको छ । बिमा समितिको तथ्यांक अनुसार १५ निर्जीवन बिमा कम्पनीहरूमा ५ सय ३० वटा दाबी परेको हो। प्राप्त सूचना तथा प्रारम्भिक निरिक्षण बमोजिम दाबीको अनुमानित विवरण आए पनि वास्तविक क्षतिको विवरण भने आउन बाँकी रहेको समितिले बताएको छ । तथ्यांक अनुसार निर्जीवन बिमा अन्र्तगत सबैभन्दा बढी दाबी अग्नि बिमामा परेको छ । उक्त बिमा अन्र्तगत २ सय ५४ वटा दाबी परेका छन् । जस बापत अनुमानित १ अर्ब २८ करोड रुपैयाँ दाबी परेको छ । त्यस्तै, मोटर बिमा अन्र्तगत ९४ वटा दाबी परेका छन् । जस बापत कम्पनीहरूमा अनुमानित १ करोड ४८ लाख रुपैयाँ दाबी परेको छ ।
कारोबारबाट





























प्रतिक्रिया