२०, भदौ ,काठमाडौं
ठूला चाडपर्वहरू दशै, तिहार र छठ नजिकिँदै जाँदा बढी खपत हुने आयातित वस्तुहरु भने महँगो हुने भएका छन् ।
नेपालको वार्षिक कारोबारको झन्डै ४० प्रतिशत खपत हुने मुख्य सिजन दसैंका बेला ढुवानीमा देखिएको समस्याका कारण उपभोग्य वस्तु महँगिने अवस्था आएको हो । आयतकर्ताहरूका अनुसार भारत लगायत तेस्रो मुलुकबाट भित्रने सामग्रीहरू महँगो हुने अवस्था देखिएको छ । कोलकाता बन्दरगाहमा त्यहाँका यातायात व्यवसायीले सिन्डिकेट गरेपछि त्यसको समग्र प्रभाव नेपालमा देखिएको छ भने मुलुक भित्रै पनि मुग्लिन लगायतका स्थानमा गएको पहिरोले ढुवानी प्रभावित भएको छ । एकातिर भारतीय यातायात व्यवसायीको सिन्डिकेट त अर्कोतर्फ नेपाली भूभागमा बाढी, पहिरो र डुबानका कारण देखाउँदै सडक सञ्जाल मार्फत राजधानी ल्याइने सामग्रीहरूमा यायातात शुल्क बढेको व्यवसायीहरू बताउँछन् । सम्वद्ध व्यवसायीका अनुसार बाढीपहिरो लगायतका कारण देखाएर हाल १ सय २५ प्रतिशत सम्म शुल्क बढाइएको छ ।
कारोबारबाट





























प्रतिक्रिया