२०, भदौ ,जाजरकोट
जिल्लाको एक विद्यालयमा दुई जनाले प्रधानाध्यापक भएर काम गरिरहेको भेटिएको छ ।
एउटै विद्यालयमा व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले छुट्टाछुट्टै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरे पछि यस्तो भएको हो । जिल्लाको छेडागाड नगरपालिका -११ झाप्रा स्थित बाल माध्यामिक विद्यालयमा शिक्षकहरू बीचको झगडा र शिक्षा कार्यालयको कमजोरीका कारण एउटै विद्यालयमा दुई व्यक्ति प्रधानाध्यापक भएका हुन् ।
तत्कालीन प्रधानाध्यापक प्रतिमा थपलियाको जिल्ला बाहिर सरुवा भएपछि लामो समय रिक्त रहेको उक्त पदमा शिक्षा कार्यालयले साउन २२ गते विद्यालय व्यवस्थापन समितिलाई स्थायी शिक्षकहरू मध्येबाट एक जनाको नाम प्रधानाध्यापक नियुक्तिका लागि सिफारीस गर्नु भनेर पत्र पठाए पनि समितिले कार्यालयको पत्रको वेवास्ता गर्दै कक्षा ११ र १२ को अनुदान कोटामा कार्यरत शिक्षक पृथ्वीबहादुर सिंहलाई साउन २६ गते प्रधानाध्यापक पदका लागि शिक्षा कार्यालयमा सिफारिस गर्ने निर्णय ग¥यो । व्यवस्थापन समितिले गरेको निर्णय नियम संगत नभएको भन्दै शिक्षा कार्यालयले माध्यामिक तह राहत शिक्षक पदमा कार्यरत विनोदकुमार शाहीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । विगतमा साविकको उच्च माध्यमिक तहमा निजी श्रोतमा कार्यरत हुँदा उच्च मावि तर्फको संयोजक बनाइएका सिहंलाई व्यवस्थापन समितिले प्रधानाध्यापक बनाएपनि शिक्षा कार्यालयले भने स्वीकार गरेको छैन ।
नागरिकबाट































प्रतिक्रिया